२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंबाट सुर्खेत गएको बुद्ध एअरको जहाज नेपालगञ्जमा डाइभर्ट



२० असोज ०७८, काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज नेपालगञ्ज डाइभर्ट गरिएको छ।

बुधबार बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३  फ्लाइट नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो ।

सवा ९ मा सुर्खेत पुगेको जहाज मौसम सामान्य नहुँदा आकाशमै ३ फन्को लगाएको थियो।  भेरी नदीमाथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिए । जहाजमा ४६ जना यात्रु सवार छन्। ४ जना चालक दलका सदस्य रहेको उनले बताए।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।