१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग



२० असोज ०७८, काठमाडौं । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज बुधबार विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरेका छन् ।

दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रका सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङकर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । देखिएको तस्वीरको बायाँ भाग नेपाल हो भने दायाँ भाग भारत हो । भारतीय भूमिका देखिएको सडक गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जान लिपुभञ्याङसम्म भारतले हालै बनाएको सडकसँग जोडिन्छ । यसको १० किमीमाथि भारतले अतिक्रमण गरेको भूभाग गुञ्जी दोभान भेटिन्छ । तस्वीर ः नारायण ढुङगाना/रासस

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।” १२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।