५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुक्रबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने




२१ असोज ०७८,  काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले शुक्रबारभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय बाँडफाँडको विषयमा देखिएका असन्तुष्टि र मन्त्रीको नाम टुंग्याउन गठबन्धनको बैठक बोलाएका थिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

प्रधानमन्त्री देउवाले बुधबारै मन्त्रीको नाम दिन दलहरुसँग आग्रह गरेका थिए । तर, बुधबार माओवादी केन्द्रले मात्रै मन्त्रीहरुको नाम दिएको थियो । यसअघि गठबन्धनमा कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

तर, एकीकृत समाजवादीले गठबन्धनमा असन्तुष्टि राखेपछि बिहीबारको बैठकले त्यसको सम्बोधन गर्दै मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटाएको हो ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । कांग्रेस, जसपा र एकीकृत समाजवादीले मन्त्रीको नाम टुंग्याउन सकेका छैनन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : ०४ बजे