५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २९४ सहित नेपालमा ८०५ जनामा कोरोना संक्रमण




काठमाडौं, २१ असोज । नेपालमा  थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : ०५ बजे