१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न माग



दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रका सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङकर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । देखिएको तस्वीरको बायाँ भाग नेपाल हो भने दायाँ भाग भारत हो । भारतीय भूमिका देखिएको सडक गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जान लिपुभञ्याङसम्म भारतले हालै बनाएको सडकसँग जोडिन्छ । यसको १० किमीमाथि भारतले अतिक्रमण गरेको भूभाग गुञ्जी दोभान भेटिन्छ । तस्वीर ः नारायण ढुङगाना/रासस

२२ असोज ०७८, काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना, २०७८ मा नेपालको नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि गणक पठाउन माग गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विहीबार पे्रस विज्ञप्ति जारी गर्दै यस स्थानमा हालसम्म गणक नपठाएकाले तत्काल पठाउन माग गरेको हो । सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले यस क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार यस क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको विज्ञप्तिमा बताइएको छ ।
सङ्गठनले दसैँ, तिहार र छठ जस्ता ठूला पर्वको मुखमा भइरहेको कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न र तत्काल संयन्त्र बनाई काम सुरु गर्न सरकारसमक्ष आग्रह गरेको छ । हालै सार्वजनिक यातायातमा वृद्धि गरेको ३५ प्रतिशत भाडादर वृद्धिले सर्वसाधारण अत्यन्तै मर्कामा परेको भन्दै उक्त भाडादर घटाउनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।