१ कार्तिक ०७८, काठमाडौं । एमालेले एकै दिन वडा अधिवेशन गर्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार यही कार्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ ।
एमाले केन्द्रीय कार्यालयबाट त्यस दिन ५ सयभन्दा धेरैवडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल माध्यमबाट उद्घाटन तथा शुभकामना सन्देश दिने कार्यक्रमको तयारी गरिएको छ ।
एमालेको ममंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले कात्तिक ९ गते देशभरका ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन गर्ने भएको छ ।
तामाङ्गका अनुसार वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू रहनेछन् भनेकमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।
१ कार्तिक २०७८, सोमबार
0
Shares
प्रतिक्रिया