२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धानबाली नष्ट भएका किसानलाई राहत देऊः प्रचण्ड




कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा नीनमा सुकाइएको धान आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण डुबानमा परेको धान । धान भित्रयाउने समयमाभएको वर्षाले धानबालीमा ठूलो नोक्सानी पु¥याएपछि किसान चिन्तित छन । तस्बिरः शेरबहादुर सिंह\रासस

३ कार्तिक ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानबाली नष्ट भएका किसानलाई राहत दिन सरकारसँग माग गरेका छन्।
प्रचण्डले बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन माग गरेका हुन्।

‘धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ,‘ बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।’

विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।