१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बझाङमा पहिराेमा परी चारको मृत्यु   




३ कार्तिक ०७८, बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरामा परी चारजनाको मृत्यु भएको छ ।

घरमाथि बाट पहिरा खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई÷दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । त्यस्तै वडा नं ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।