५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर भेटिए ६ सय ६२ कोरोना सङ्क्रमित, मुस्ताङ र मुगुमा सङ्क्रमित शून्य




३ कार्तिक ०७८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आठ हजार ४ सय २६ जनामा कोरोना परीक्षण गर्दा ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ५ सय ७९ रहेका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार ५ सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की छन् ।
उनले सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका बताएका छन् । पछिल्लो २४ घण्टामा ७ सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८४ हजार १ सय ५५ सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । होम आइसोलेशन १० हजार ७ सय ७२, संस्थागत आइसोलेशनमा ८ सय ७ जना, सघन उपचारकक्ष (आइसीयू)मा २७६ र भेन्टिलेटरमा १ सय ४ जना रहेका छन् ।
आज नौ हजार ८ सय २ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६८ हजार २ सय ६२ पहिलो मात्रा र ६४ लाख ८९ हजार ८ सय २८ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : २५ बजे