२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै



प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा जानका लागि पर्खिरहेको हेलिकप्टर । तस्विर : सचिवालय

४ कार्तिक ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ जाँदै छन् । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ जान लागेको हो ।
प्रधानमन्त्री देउवासहितको टोली केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको विभिन्न जिल्लामा निरिक्षणपश्चात् कात्तिक ५ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।