११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर ५४५ कोरोना संक्रमित थपिए




४ कार्तिक ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेका छन् । अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।