११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्व न्यायाधीश फोरमले भन्यो, ‘प्रधानन्यायाधीशको भूमिकामाथि शंका उत्पन्न भयो’




५ कार्तिक ०७८ काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकामाथि शंका उत्पन्न भएको जनाएको छ।

न्यायाधीश फोरमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराको भूमिकाले अदालतको विश्वसनीयता घटाएको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक प्रावधानभन्दा माथि रहेको प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गर्नुको सट्टा प्रधानन्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफै न्यायकर्ता हुने गरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफै सामेल हुने अभिरुची र प्रयासले सम्पूर्ण न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न हुनुका साथै प्रधानन्यायाधीशको भूमिका उपर नै यथार्थपरक रुपमा शंका खडा भएको छ।’

अनुभवी न्यायाधीशहरुलाई उपेक्षा गरी न्यायिक नेतृत्व र राजनीतिक दलबीचको भागबण्डाका आधारमा अनुभवहीन व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिनुले न्यायिक विचलन र विकृति बढ्दै गएको देखिएको न्यायाधीश फोरमको ठहर छ।
सत्ता गठबन्धनमा प्रधान्यायाधीशले भागबण्डा खोजेको कुराले पनि संविधानले प्रत्याभूत गरेको शक्ति सन्तुलन र नियन्त्रणको मूलभूत सिद्धान्त नै समाप्त हुने आशंका बढाएको फोरमले उल्लेख गरेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।