
६ कार्तिक ०७८, काठमाडौं । फेसबुक र टिकटकमा एक युवती बेसाहरालाई मुठीले मुठीमा हान्दै पैसा बाँडेको देख्नु भएको छ ? तपाईलाई लाग्ला उनी को होलिन् ।
उनी पोखराकी गिभिना मगर हुन् । उनी शिक्षका पनि हुन् । उनी सडकमा कहिले बृद्ध व्यापारीको झाडु किनिदिएर सहयोग गर्छिन् भने कहिले सडक मानवलाई नयाँ कपडा किनिदिएर खुशी बनाइरहेकी हुन्छिन् ।

गिभिनाको अनुहार भने भिडियोमा विरलै हेर्न पाइन्छ । उनी कहिले काँही असाहयहरुको भिडमा बसेर खानेकुरा बाडिरहेको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्छिन् । उनले शेयर गरेको भिडियोमा सेवा भाव झल्कने गीत संगीत राखिएको पाइन्छ ।
गिभिनाको मिठो स्वर र मायाँलु भावका साथ सडकमा रुनेहरुलाई सम्झाउने शैली ज्यादै मार्मिक छ । मुठीमा हजारका नोटहरु राखेर मुठ्कीले हानेर गिभिना मुठ्ठी खोल्छिन् अनि वेवारिस पिडितहरुलाई पैसा दिन्छन् ।
उनको भिडियोमा धेरै फलोअरहरुले प्रशंसा गरेर टिप्पणी गरेको देख्न सकिन्छ ।
२४ वर्षिय गिभिनाका सामाजिक सञ्जालमा भिडियो भाइरल छन् । भाइरल गिभिनाको नाममा फ्यान क्वल समेत बनेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट धेरै मानिस पिडित बनिरहेको सन्र्दभमा गिभिनाको काम उदारणीय छ । नकारात्मक समाचारले मात्रै प्राथमिकता पाइरहेको आजको समाजमा उनको कामले राम्रो कामको पनि चर्चा हुने चेतना जगाएको छ ।
सामाजिक परिवर्तनमा गिभिनाको यो कदमले सामाजिक सञ्जाल कति प्रभावकारी छ भन्ने बुझन गाह्रो पदैन ।







प्रतिक्रिया