९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धादिङमा गुडिरहेको रात्रिबसमा आगलागी(भिडियोसहित)



७ कात्तिक ०७८, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आगलागी भएको छ।

सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा आइतबार बिहान एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।

हेर्नुहोस्

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।