१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भुस्याहा कुकुरले टोक्दा १५ जना घाइते



©lalitpurkhabar.comshyam phuyal

७ कार्तिक ०७८,दिक्तेल । भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा बैभव मल्लिकले जानकारी दिएका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो ।
नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले भुस्याहा कुकुरको आतङ्क तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गरे । बजारमा रातका समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् । ऐसेलुखर्क गाउँपालिकामा समेत कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।