१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै



देशभर रहेका पाँच बर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै । राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत छ महिनादेखि ५ बर्ष मुनिका करीब २७ लाख बालबालिकालाई भिटामिन ए र १ देखि ५ बर्षसम्मका करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै । तस्वीर ः रोशन सापकोटा/रास

७ कात्तिक ०७८, काठमाडौं । सरकारले आज र भोलि देशभरका बालबालिकाका लगि भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।

७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।