५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चाँडै मन्त्रिपरिषद्बाट राहतको व्यवस्था हुन्छ : प्रम देउवा   




७ कार्तिक ०७८,मङ्गलबारे । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् ।

इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उनले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने बताए ।

उनले सरकारले यसअघि नै मृतकका परिवारलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गरे। उनले भने, “पहिराले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकालाई घर बनाउन मद्दत गर्छौं, हामीले स्थलगतरुपमा नै अध्ययन गरेका छौँ, भएको क्षति नोक्सानीको सरकारले मूल्याङ्कन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौँ ।”

प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पु¥याएको जनाउँदै सरकार पीडितको साथमा रहेको बताउनुभयो । पहिरोपीडितलाई सम्बोधन गर्दै उनले भने, “हामी तपाईहरुको साथमा छाैँ, त्यही भएर हामी आएका हाैँ ।”

उनले बाढीपहिराबाट प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताए । उनले भने, “नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउन सकिँदैन, धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन्, गाउँमा गर्न सकिने कुरा गाउँमा नै पु¥याउन सकिन्छ ।”

यसैगरी नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने बताए । कांग्रेस कार्यकर्तालाई छुट्टै सम्बोधन गर्नुभएका देउवाले भने, “दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।” देउवाले सहमतिमा नै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

“भरसक सहमतिमा नै गर्नुहोस्, सहमति नभए प्रतिष्पर्धा हुन्छ, हार्नेले जित्नेलाई सघाउने हो”, उनले भने । निरीक्षणका लागि सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललगायत सहभागी छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ४० बजे