
८ कात्तिक ०७८, काठमाडौं । सिनामंगलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।
सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।







प्रतिक्रिया