१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बस्न सकेन ‘फूलकोर्ट’ बैठक   



८ कात्तिक ०७८, काठमाडौं । सर्वोच्च अदालतमा आज बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) बस्न सकेन । प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक आजका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतबारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो ।
आज प्रधानन्यायाधीशले तोकेकाे इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण उक्त इजलासमा सुनुवाइ हुन नसकेको हो । न्यायाधीशहरूबीच मङ्गलबार प्रधानन्यायाधीश राणालाई भेटी ध्यानाकर्षण गराउने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।