५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीशलाई भेटेर राजीनामा माग्दै न्यायाधीश



९ कात्तिक ०७८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर सहकर्मी न्यायाधीशहरुले आज मार्ग प्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।
सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले मंगलबार राणालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने तयारी गरेका हुन् ।

न्यायाधीशहरुले बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणासँग भेट गर्ने तय भएको छ । सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशहरुले त्यो क्रम मंगलबार पनि जारी राख्ने सम्भावना छ । उनीहरुले न्याय क्षेत्रको हितका लागि प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ४९ बजे