१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा थप २३५ सहित नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण




९ कात्तिक ०७८, काठमाडौं । नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पिअिसार परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको आज देशभर ६२२ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २१७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७३ हजार ४२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।