५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमती प्रदेशमा नयाँ सरकार गठन हुँदै, सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने



११ कात्तिक ०७८, काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठन हुँदै छ । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने भएको हो ।

यसअघि मुख्यमन्त्री रहेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्।
शाक्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम नयाँ सरकार गठन गर्न आज (कात्तिक ११) दिउँसो ३ बजेसम्मको समयसीमा राखेर मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका थिए।

त्यसबमोजिम नेता पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी गरी चार दलीय चार दलीय गठबन्धनबाट बुधबारै प्रदेश प्रमुखसमक्ष आफ्नो बहुमत दाबी पेस गरिसकेका छन्।

१०९ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५५ सांसदको मत चाहिन्छ।

तर नेता पाण्डेले आफूलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउन माग गर्दै माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना गरी प्रदेश प्रमुख शर्मासमक्ष ५९ जना प्रदेश सांसदको हस्ताक्षर पेस गरेका हुन्।

यसअनुसार पाण्डेको नेतृत्वमा आजै नयाँ सरकार गठन हुने निश्चित छ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ५० बजे