५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभामा प्रतिवेदन पेश   



११ कार्तिक ०७८, काठमाडौं । प्रतिनिधिसभामा “राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८” पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभा बैठकमा लगातार १० वा १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदको बैठकमा अनुपस्थितिको सूचनालाई जानकारी गराई स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित हुने सांसद क्रमशः झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचनालाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यस्तै बैठकमा सभामुख सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजिनामा दिएको र उक्त मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले सम्हाल्ने गरी कार्यभार तोकिएकोबारेमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक २९ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ४ : ०७ बजे