८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बारीको पाटाभरि ढकमक्क सयपत्री फूल



 फाइल तस्विर

११ कात्तिक ०७८, बनेपा । काभ्रेपलाञ्चोकको अग्लो रमणीय पर्यटकीयस्थल कामीडाँडाका किसान मर्दन सिं तामाङले फूल खेती गरेर आम्दानी गर्दै आएको दुई वर्ष भयो । उनले घरबारीमा मौसम अनुसारको सयपत्री फूल खेती गरेर आम्दानी गर्दै आएको हुन् ।
फूलैफूलको मौसम हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा घर नजिकैको बारीमा चिया खेती समेत गर्दै आएका उनले चिया खेतीसँगै मौसमअनुसार फूल खेती गरेर आम्दानी गर्न थालेका हुन् । “गत वर्षदेखि सुरु गरेको फूल खेतीले पनि अरु बालीभन्दा राम्रो आम्दानी हुने रहेछ”, उनले भने, “यसपालि दुई रोपनी जग्गामा सयपत्री फूल लगाएको छु ।”
उत्पादन भएको फूल व्यवसायीले गाउँमा नै किन्न आउने भएपछि खेती गर्न थालेको उनले बताए । गाउँमा व्यावसायिक रुपमा फूल खेती गर्ने उनी मात्रै भए पनि व्यवसायीले गाउँमा नै किन्न आउने गरेपछि केही वर्षयतादेखि काँमीडाँडाका किसानले घर आँगनमा नै फूल्ने फूललाई अलिअलि स्याहार गर्दै १०÷१५ किलोसम्म बिक्री गर्न थालेको उनले बताए ।
यो ठाउँमा उत्पादित फूल किलोमा १ सय र माला उनेर बिक्री गर्दा प्रति माला रु २ सय सम्म बिक्री हुने उनले बताए । यो वर्ष दोस्रो पटक परीक्षणका लागि लगाएको सयपत्री मन नै लोभ्याउने गरी फुलेको उनले बताएका छन् । पहिलो वर्ष गरेको एक रोपनी जग्गामा मात्रै सयपत्री लगाइएकोमा यस वर्ष बढाएर दुई रोपनीमा गरिएको हो । आफूले चिया खेतीमा मात्रै विशेष ध्यान दिएर काम गरिरहेको भए पनि फूल व्यवसायबाट पनि आम्दानी हुन थालेपछि त्यसतर्फ पनि चासो दिएको उनको भनाइ छ । केही दिनअघि परेको वर्षा र हुरीका कारण फूलको बोट ढलेर क्षति पुगेको छ ।
चिया खेतीबाहेक सँगैको बारीमा लगाएको पूmल खेतीले अरुलाई पनि व्यावसायिकतातर्फ लाग्न उत्प्रेरित गरेको स्थानियवासिन्दा बताउँछन् । उत्पादन भएको फूल गुणस्तरीय भएको र तिहारमा मालाको रूपमा बिक्री गर्ने गरी तयारीमा रहेको उनले बताए ।

उनले यो ठाउँमा व्यावसायिक रुपमा चिया खेती सुरु गरेर विगत तीन वर्षदेखि आम्दानी गर्दै आएको छन् । उनले करिब २५ रोपनी जग्गामा चिया खेती गर्दै आएका छन् ।
रासस

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।