२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तयार



१२ कात्तिक ०७८, काठमाडौं। नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ । विहीबार भएको यस पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा एक हजार ५ सय पार्टी सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला चयन हुनेछन् । निर्वाचन क्षेत्रमा एक हजार ५सय प्रतिनिधिभन्दा एक हजार सदस्य बढी भएपछि थप एक जना प्रतिनिधि थपिने र तीन हजार बढी सदस्य भए दुई महिलासहित छ जना प्रतिनिधि चयन हुनेछन् ।
महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार १ सय ९६ र प्रवास क्षेत्रबाट २० र पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।
बैठकमा स्थानीय तहका पार्टी कमिटीको अधिवेशनको समीक्षा पनि कार्यसूची राखिएको पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । स्थायी कमिटीले तय गरेको मापदण्डलाई पार्टीको शुक्रबार बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हँुदैछ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।