१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्राफिक प्रहरीद्वारा २३ वटा मोटरसाईकल हस्तान्तरण



१३ कात्तिक ०७८, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ ।
सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निबेदनका आधारमा टोलीले मोटरसाईकल खोजतलास गरि सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाईकल खोजतलास एव चोरी नियन्त्रण गर्न हामी निरन्तर लागिपरेका बताउदै मोटरसाईकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो छ, बिशेषगरि सवारी धनी थप सजक एव जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए ।  आफ्नो भेटिएको सवारी साधन फिर्ता लिने क्रममा केहि धनीहरुले ट्राफिक प्रहरीलाई धन्यबाद दिदैं हराएको मोटरसाईकल भेटिदैन होला भनेर अर्को नयाँ किनेर चढ्न शुरु गरेको कुरा सुन्दा हामी थप उत्साहित भएका छौं, एसएसपी भट्टराईले अझ सक्रिय भई चोरी नियन्त्रणमा लाग्ने बिश्वास समेत व्यक्त गरे ।
ट्राफिक प्रहरीले चोरी नियन्त्रणमा प्राप्त गरेको सफलताले हराएका मोटरसाईकल प्रहरीले फेला पर्दैन होला भन्ने कतिपय सवारी धनीको दुबिधालाई क्रमश चिर्न सफल भएकोमा खुशी समेत व्यक्त गरे । बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिने र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको महाशाखाले जनाएको छ ।
पछिल्लो समय स्कुटर चोरीका निबेदनहरु बढ्न थालेको महाशाखाको तथ्याङ्कले प्रष्ट्याउँछ । बिशेषगरी स्कुटर चालकहरुले सवारी दर्ता किताव (विलबुक) डिक्कीमै राख्ने गरेको हुन्छ । कतिपय अबस्थामा चाँबी सहित स्कुटरहरु हराउने हुँदा चोरी पश्चात नम्बर प्लेट समेत परिवर्तन नगरि निर्बाध रुपमा चलाउन, चेकिङ्गमा सोहि ब्लुबुक देखाई छुट्न समेत सजिलो हुने गरेको महाशाखाको बुझाई छ ।
जथाभावी पार्किङ्ग नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ्ग नगर्न र थप अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ । यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाईकल मध्ये १७१ मोटरसाईकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । मोटरसाईकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।