६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले दशौँ महाधिवेशनतर्फ



काठमाडौंको थापाथलीस्थित एमाले कार्यालय । तस्विर : ललितपुर खबर

१३ कात्तिक ०७८, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ ।
पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिनुभएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन गरिएको छ ।
बैठकको समापनमा अध्यक्ष केपी शर्मा ओलीले गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीति र विधिमा मतैक्यता देखिएको र पालिकास्तरका अधिवेशनमा भएको समझदारीले पार्टीलाई नयाँ गतिमा लगेको सन्देश मिलेकाले दशौँ महाधिवेशनमा पनि यसै प्रकारको सन्देश दिन आग्रह गरेका थिए । एमालेको अर्काे केन्द्रीय कमिटीको बैठक महाधिवेशनको अघिल्लो दिन मङ्सिर ९ गते चितवनको सौराहमा बस्नेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ११ बजे