१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना




१३ कात्तिक ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन् ।
मुक्तिनाथको दर्शन भ्रमणका लागि राष्ट्रपछि आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले)का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेकी थिइन् ।
नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन सकेको छैन । यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज शनिबार मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुगेकी राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जानुहुने भएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।