१५ कात्तिक ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज र भोलि (नोभेम्बर १ र २) सञ्चालन हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन ग्लास्गो पुगेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति प्रधानमन्त्री देउवा आइतबार राति लन्डनबाट स्कटल्यान्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगेका हुन्।
भ्रमणका दौरान उनले भोलि मंगलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सोही दिन उनले श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता गर्नेछन्।
ग्लास्गोमा अक्टोबर ३१ मा सुरु कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्ने छ।
रासस
प्रतिक्रिया