६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो  



१५ कात्तिक ०७८, काठमाडौं ।  माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ४२ बजे