१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


केनाईन महाशाखा महाराजगंजमा कुकुर पूजा सम्पन्न



१७ कात्तिक ०७८,  काठमाडौँ । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बुधबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरिन् । साथै उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई पुरस्कार प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत उहाँले पुरस्कार प्रदान गरिन् ।
कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।
प्रहरी नायव उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गरेकाे उक्त कार्यक्रममा प्रहरी निरीक्षक डा.चेत नारायण ज्ञवालीले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।
कार्यक्रममा प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरु समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।