
१७ कात्तिक ०७८, ललितपुर । महिला अधिकार र न्यायमा पहुंच वृद्धि गर्नका लागि महिला मानवअधिकार रक्षकलाई समुदाय स्तरमा परिचालन गराउने उद्देश्यले महालक्ष्मी नगरपालिकामा “लैङ्गिकतामा आधारित हिंसा तथा विभेदसँग सम्बन्धित सवाल पहिचान, कार्ययोजना निर्माण र महिला मानवअधिकार रक्षकको भूमिका विषयमा तालिम”कार्यक्रम कार्तिक १४ र १५ मा प्रभावकारीताका साथ सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिकामा सञ्चालित तालिम कार्यक्रम संस्थाको सचिव मैया नेपालीको अध्यक्षता र महालक्ष्मी नगरपालिकाको उप प्रमुख निर्माला थापाको प्रमुख आतिथ्यतामा कार्तिक १४ गते औपचारिक रुपमा शुभारम्भ गरिएको थियो । दुइृ दिनसम्म संचालन गरिएको यस तालिमलाई अधिबक्ता बिन्द्रा मर्हजनले सहजिकरण गरकी थिइन् । तालिममा २५ जना महिला मानवअधिकार रक्षकको सक्रिय सहभागिता रहेको थियो ।
मानवअधिकारको विश्वव्यापी मान्यता र मानवअधिकारको दृष्टिकोण, मानवअधिकार प्रवद्र्धन र संरक्षणका लागि महिला मानवअधिकार रक्षक ः आवश्यकता र संलग्नता, लैङ्गिकतामा आधारित हिंसा तथा विभेद न्यूनिकरणमा महिला मानवअधिकार रक्षकले समुदायमा खेल्नुपर्ने भूमिका र जिम्मेवारी, महिला मानवअधिकार रक्षक र स्थानीय सरोकारवाला बीच समन्वय र सहकाय, लैङ्गिकतामा आधारित हिंसा, सामाजिक विभेद, शान्ति र विकासमा महिला मानवअधिकारको योगदान लगायतका बिषयवस्तुमा केन्द्रित रहेर तालिम सहजीकरण गरिएको थियो । शान्ति र विकासको अवरोध लैङ्गिकतामा आधारित हिंसा र विभेद न्यूनिकरणका लागि महिला मानवअधिकार रक्षकले समाजमा खेल्नुपर्ने भूमिकामा रहेर कार्ययोजना निर्माण गरियो र कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तालिममा सहभागी महिला मानवअधिकार रक्षकले प्रतिवद्दता जाहेर गरेका छन् ।
परिवर्तनका लागि सहकार्य नेपालले ललितपुर, काठमाण्डौं,मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
यस संस्थाले ब्रेड फर द वल्र्डको आर्थिक सहयोगमा महालक्ष्मी नगरपालिकामा समाजमा शान्ति र विकासका लागि महिला तथा किशोरीहरुको क्षमता अभिवृद्धि परियोजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत वडा नं १,२,३ र ४ का २५ जना महिला तथा किशोरीहरुलाई समेटेर महिला मानबअधिकार रक्षक सञ्जाल पनि गठन गरेको छ ।







प्रतिक्रिया