६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तिहारमा थपिए १ सय ८३ जना मात्रै कोरोना सङ्क्रमित




२० कात्तिक ०७८,काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ८३ जनामा कोरोनाका सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७४ जना र दुई हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षणमा नौ जना गरी जम्मा १ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख चार हजार ८ सय ४ पुगेको छ ।
थप ६५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९४ हजार ४ सय ३८ जना सङ्क्रमणमुक्त भएका हुन् । कारोना निको भएको दर ९७ दशमलव छ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ३८ पुगेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४१३ रहेका छन् । जसमध्ये सात हजार ७६३ होम आइसोलेशनमा रहेका छन् भने ६ सय ५० संस्थागत आइसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : ४७ बजे