६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘महाधिवेशन मेरो हातमा छैन’



२० कात्तिक ०७८, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ ।” निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुन्छ,।

कसैको पनि कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरेका थिए । देउवाले भने, “जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हँुदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।”
पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै प्रधानमन्त्री देउवाले भने, “पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मतरूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित–हारबाट दुश्मनी नबढोस् ।” उनले कोरोनाको सङ्क्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले भने, “कोरोनाविरुद्धको पहिलो र दोस्रोपटक खोप लगाएकालाई पनि फेरि कोरोना सङ्क्रमण भएको छ, तेस्रोपटक पनि खोप दिनुपर्ने भएको छ, मैले पनि दुईपटक मात्रै लगाएको छु, तेस्रोपटक लगाउनुपर्छ, तपाईँहरु पनि दुईपटक खोप लिएकाले तेस्रोपटक पनि लगाउनुहोस् ।” उनले सहिद भरत गोपाल झाका परिवारलाई राज्यबाट पाउने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, जिल्ला सभापति दुर्लभ थापा, उपसभापति हरि नेपाल, सचिव उद्धव सिलवाललगायतले लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ०१ बजे