१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु




२१ कात्तिक ०७८, दाङ । दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका ६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।