
२१ कात्तिक ०७८, काठमाडौं । मकवानपुरको कुलेखानीको झरनामा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मकवानपुरको ईन्द्रशरोबर गाउँपालिका १ मार्खु कुलेखानीस्थित मोहनी झरनाको पोखरीमा नुहाउने क्रममा डुबेर रसुवा गोसाईकुण्ड गाउँपालिका १ बस्ने १७ वर्षीय तेन्डुप तामाङको शनिबार दिउँसो मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२२ कार्तिक २०७८, सोमबार
0
Shares







प्रतिक्रिया