
२४ कात्तिक ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सइ ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले छ हजार ८ सय १४ मा नमुना परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५ सय १९ रहेको उनले बताएका छन् । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत पुगेको छ ।
प्रवक्ता पौडेलका अनुसार ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।
सङ्क्रमित शून्य जिल्ला दुई
उनले आज सङ्क्रमति शून्य रहेका जिल्ला दुई रहेको बताएका छन् । उनका अनुसार हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४ सय ७४ जनासङ्क्रमण मुक्त लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ७ सय ८० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार कोरोना सङ्क्रमणबाट आज छ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म सङ्क्रमणबाट ११ हजार ४ सय ६० को मृत्यु भएको छ । मङ्गलबार एक जनाको मृत्यु भएको थियो ।
होमआइसोलेसशन सात हजार पाँच, संस्थागत आइसोलेशनमा ५ सय १४, सघन उपचार कक्ष (आइसियु)मा १ सय ८९ र भेन्टिलेटरमा ५३ जना छन् । यस्तै आज १६ हजार ५ सय २९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै हालसम्म ८७ लाख ५० हजार ९ सय ६० ले पहिलो मात्रा र ७४ लाख ८२ हजार १ सय ९५ ले पूर्ण मात्राको खोप लगाएका छन् । रासस







प्रतिक्रिया