१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्रीकै पार्टीको भातृ संगठन नेविसंघले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग



एक पसलमा बिक्रिका लागि राखिएको । तस्विर : ललितपुर खबर

२६ कात्तिक ०७८, काठमाडौं । प्रधानमन्त्रीकै पार्टी नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भर्खरै गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गरी १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएर जनतालाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । “ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेविसङ्घका महामन्त्री दिपक भट्टराईले जनतालाई राहत दिने समयमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै उक्त मूल्यवृद्धिप्रति सरकारले हस्तक्षेप गरी उक्त निर्णय खारेज गर्नुपर्ने बताएका छन् । नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न माग गरेको छ । मूल्यवृद्धि खारेज नगरे नेविसङ्घले कडा आन्दोलन गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।