६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी आन्दोलन र मलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेः प्रचण्ड



२६ कात्तिक  ०७८, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध कुनै लहडमा नभएको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन ।’ उनले एक्लैएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा रहेको बताए ।

अध्यक्षले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको पनि जानकारी दिए । उनले भने ,‘किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लवको बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।’

ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष प्रचण्डको थियो । उनले अगाडि थपे ‘छुट्टै बसेर भन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुने बाहेक अरु विकल्प छैन ।’

अध्यक्षले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताउँदै माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको बताए । ‘‘प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,’ उनले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ०० बजे