८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माधव नेपालको पार्टी निकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ




२७ कात्तिक ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदैछ ।
शनिबार काठमाडौंमा आयोना भइरहेको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदैछ । २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिवमा भूपराज खड्का चयन हुने छन् ।
कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार नेपाल र प्रचार विभाग संयोजक जगन्नाथ खतिवडालगायत पुगेका छन् ।
तत्कालीन नेकपा (एमाले) विभाजन भएपछि एकीकृत समाजवादी गठन भएको थियो । पार्टी विभाजनसँगै एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल पनि टुक्रिएको थियो । प्रेस चौतारी टुक्रिएपछि समावादी प्रेस संगठनको तदर्थ समिति घोषणा भएको थियो । तदर्थ समितिका संयोजक श्रेष्ठ नै अध्यक्ष बनेका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।