२७ कात्तिक ०७८,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।
प्रचण्डलाई उच्च रक्तचाप र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको सचिवालय जानकारी दिएको छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको सबै कार्यक्रमहरु स्थगित गरिएको थिए ।
२७ कार्तिक २०७८, शनिबार
0
Shares
प्रतिक्रिया