१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यी ठाउँमा आजदेखि लगाइँदैछ १२ वर्षमाथिका बालबालिकालाई कोरोना खोप



२८ कात्तिक ०७८, काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर–किशोरीलाई आजदेखि फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्दैछ।
कोरोना भाइरसविरुद्ध फाइजर बायोएनटेकको ५० हजार डोज खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर(किशोरीलाई लगाउन लागिएको सरकारले जनाएको छ।
खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाउने योजना छ। सरकारले तोकेका देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी ५ देखि ७ मंसिरसम्म खोप लगाउन बाँकीलाई यो खोप दिइने छ। खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनभित्र दिनुपर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।