६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुस्ताङ थासाङमा हिमपहिरो



२८ कात्तिक ०७८, काठमाडौं । मुस्ताङ थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा हिमपहिरो जाँदा सात जना घाइते भएका छन् । हिमपहिरो आएपछि भाग्‍ने क्रममा ७ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले बताए ।

घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको छ । थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनका अनुसार पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्‍ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ०१ बजे