१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अस्पतालबाट डिस्चार्ज भए प्रचण्ड



फाइल तस्बिर

२८ कात्तिक ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन्। रक्तचाप बढेपछि शनिबार अस्पताल भर्ना भएका प्रचण्ड आइतबार डिस्चार्ज भएका हुन्।

चिकित्सकहरुले प्रचण्डलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्। टाउको दुख्ने समस्या देखिएपछि प्रचण्डले शनिबार घरमै स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप (ब्लड प्रेसर) बढेको देखिएपछि उनी ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।