१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु   



२८ कात्तिक ०७८, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मत्यु भएको हो । मृतक सबै माडी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

त्यसैगरी घाइते हुनेमा माडी गाउँपालिका–६ का बीना घर्तिमगर र सोही वडाका पञ्चना विक रहेका छन् । घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तिगाउँ आउने क्रममा घर्तिगाउँ बजार नजिकै शहीद मार्गमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।