१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाघको आक्रमणबाट नरैनापुरका गडरियाको मृत्यु



२८ कात्तिक ०७८, नेपालगञ्ज । बाँकेको नरैनापुरमा गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका– ४ पण्डितपूर्वाका लखन गडरियाको बाघको आक्रमणबाट मृत्यु भएको छ । उनको शरीर बाघले आधा खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।
मृतक गडरिया गाई चराउन गत २५ कात्तिकमा जंगल गएका थिए । उनी फर्केर नआएपछि खोजतलास गर्दा शनिवार राति बाघले आधा खाएको अवस्थामा जंगलमा शव फेला परेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनले गडरियाको शवनजिकै एउटा गाई समेत बाघले मारेर खाएको भेटिएको बताए । ‘मृतक गडरियाको शवको पिठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । घटनास्थल नजिकै बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन्’ प्रहरी निरिक्षक गौतमले भने ।
नरैनापुरको पर्यटकस्थल गोवद्र्धनधामदेखि पाँच किलोमिटर पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो । गाई चराउन जंगलमा एक्लै गएका गडरियाको बाघको आक्रमणमा परेर मृत्यु भएपछि स्थानीय प्रशाशनले स्थानीयलाई वनजंगल नजान आग्रह गरेको छ ।न्युज कारखाना

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।