१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपति क्षेत्र विकास कोषका श्रमिकहरु आन्दोलनमा



२९ कात्तिक ०७८, काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विगत लामो समयदेखि करार सेवा र ज्यालादारीमा कार्यरत श्रमिकहरु आन्देलित भएका छन् । ६६ जना श्रमिकहरूलाई कोषको व्यवस्थापकबाट बिना सूचना तथा जानकारी निकालिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले आन्दोलन थालेको हो ।

कोषले श्रम मापदण्ड समेत पालना नगरी श्रम गरिरहेका श्रमिकहरुलाई साउन महिनादेखि हाजिर गर्न रोकेको थियो । श्रमिकहरु आफ्नो र आफुप्रति आश्रित परिवारको विचल्ली भएको भन्दै पशुपति क्षेत्र विकास कोष अन्तर्गत काम गरिरहेका विभिन्न श्रमिकहरु आन्दोलनमा उत्रेका हुन् ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।