१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीले खोस्यो विप्लवको मशाल




२९ कात्तिक ०७८, ओखलढुंगा । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको छ । चर्काे मूल्य वृद्धिको विरुद्धमा आन्दोलन गर्दैको उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घोषणा गरेर आज मशाल जुलुस निकालेको थियो । सिद्धिचरण नगरपालिका– १२ स्थित गणेशचोक नजिकैबाट सुरु भएको जुलुस प्रहरीले गणोशचोकमै रोकेको थियो ।
प्रहरीले रोकेपछि एक दर्जन संख्यामा रहेका आन्दोलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेको मशालमा समेत प्रहरीले पानी हालेर निभएको थियो । आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी भएपछि चोकमै कोणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए ।
मंगलबार नेपाल बन्द घोषणा गरेपछि सुरक्षााकर्मी सोमबार साँझदेखि नै परिचालन गरिएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।