१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मुगुमा भीषण आगलागी, १७ घर जले




३० कात्तिक ०७८, मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।
राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।
ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
तस्बिर सौजन्य ः सुकमाया शाही

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।