८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बन्द गराउँदै हिँडेका विप्लवका १६ कार्यकर्ता पक्राउ



३० कात्तिक ०७८,कपिलवस्तु। कपिलवस्तुबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्य वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा बजार तथा यातायात बन्द गराउँदै हिँडेका नेकपा विप्लवका जिल्ला सचिवसहित प्रहरीले १६ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार जितपुरबाट ९ जना , चन्द्रौटाबाट ६ जना र गोरुसिंगेबाट १ जनालाई पक्राउ गरिएको छ ।
जितपुरबाट पक्राउ परेका नेता तथा कार्यकर्तालाई ईलाका प्रहरी कार्यलय पिपरा, चन्द्रौटाबाट पक्राउ परेकालाई वडा प्रहरी कार्यलय चन्द्रौटा र गोरुसिंगेबाट पक्राउ परेकालाई ईलाका प्रहरी कार्यलय गोरुसिंगेमा राखिएको उनले बताए ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।